Monday, August 22, 2016

चाडपर्व फेसनको लागी हैन सस्कारको रुपमा मनाऔ ।।

गोविन्द बस्नेत सोलुखूम्बु 
---------------------------------------------------
यसपालिका चार्ड्पर्बहरु भर्खरै सम्पन्न साउने सक्रान्ती जनैपूणिर्मा बाट भटाभट सुरु भयका छन ! लगातार आउदै गरेका हिन्दु सस्कार अनुसार को  सबै चाडपर्बहरुको सबै हिन्दु प्रेमी मित्रजनहरुमा हार्दिक मङ्गलमय सुभकामना दिन चाहन्छु !! साथै सम्पुर्ण हिन्दु प्रेमी जनहरुमा के अनुरोध गर्न चाहन्छु भने । सबै जनाको आर्थिक ,सामाजिक ,शैक्षिक स्तर पहुँच बराबर हुँदैन । र छैन पनि तर मन भने धनी होस या गरिब सबैको बराबरी हुने गर्दछ । रहर धनी होस या गरिब सबैको बराबरी हुने गर्दछ । आफुले मनाउदै गरेको पर्बले अर्कालाई नकारात्मक असर नपरोस् । धर्म लाइ फेसनमा होइन सस्कारमा मनाउने गरौ ।तपाईं हामिले पकायको खानाको परिकार ले त्यो हलि गरेर बिहान बेलुका छाक टार्ने छिमेकीको छोराछोरी रुन नपरोस् ।तपाईं हामिले लगायको गहना , कपडा , श्रीङ्गार ले त्यो खेताला गरेर परिवार  पाल्ने छिमेकी लाइ खिल्ली नउडावस !! तपाईं हामिले नजिकै को भट्टी पसलमा गयर खायको तुङ्बा सिकुटी र जुवा तास ले भरिया गरेर बाल बच्चा पाल्ने छिमेकीको आसु नबनोस !! तपाइ हाम्रो रवाफका कारण तपाईं हाम्रै रगतका नातेदार पनि हतोत्साहित वा निरुत्साहित हुने डरले चाडपर्व मा सहभागी हुनुभन्दा धर्म परिवर्तन गरेर उराठ जिबन जिउन बाध्य नबनुन ।। धर्म सस्कार सबै को समान हुन्छ !!त्यसैले चाडपर्व लाइ फेसनमा प्रयोग नगरौ !! समान तरिकाले आफ्नो सस्कार र सस्कृती मनाउने  गरौ !!आत्मा सबै को हुन्छ ।सबै ले सबैको आत्मासम्मान गर्ने बानी बसालौ !! जन्म पछि मृत्यु निश्चित छ ।मृत्यु हुनु सत्य हो ।बाचुनजेल सबैलाई सम्मान ब्याबहार गरौ ।र बाच्ने बाताबरण को हौसला  दिउ ।दु:खी र गरिब को सेवानै सबैभन्दा ठुलो धर्म हो ।त्यसैले गरिब दु:खि माथी दयाको भाबना राखौ ।गरिब भयर आफ्नो आफन्त बाट नै टाढिनु परेर आफ्नो धर्म लाइ परिवर्तन  गरेर रोहिरहेका धेरै मान्छे हरुलाइ देखेको छु । त्यसैले कसैले कसै माथी  दुव्र्यवहार नगरौ  ।कसैको पनि मनमा आच आउने काम नगरौ । मनलाई नदुखाउ असक्त र असहाय लाइ सहयोग गरौ ।तपाईं हाम्रो सानो सहयोग ले  भोली उ राष्ट्र को सम्पत्ति बन्न सक्छ ।धर्म को रक्षक बन्न सक्छ ।तपाईं हामी एक जुट भयमानै आफ्नो धर्म कर्म को परिचय स्थापित गर्दै  घर समाज अनि राष्ट्र नै स्थापित गर्न सकिन्छ ।
आउदै गरेका चाडपर्ब हरुको सफलता को सुभकामना  !!!!!!

No comments:

Post a Comment