Thursday, September 15, 2016

बैदेशिक रोजगारिमा गएका नेपालिहरु नेपाली बाटै असुरक्षित बन्दै ।

स्वदेशमा रोजगारिको कुनै अवसर नभएपछी बैदेशिक रोजगारिको क्रममा बिदेशिएका नेपालिहरु बिच भएका झै झगडाहरु सामाजिक संजालमा बिभिन्न समयमा भाइरल नै हुने गरेका छन । तर यस्ता घटनाका कारणहरु स्पस्ट रुपमा बाहिर नआउँदा कसैले सुरक्षाको लागि कही कतै बाट पहल हुन सकेको छैन भने कसैले अनाहकमा ज्यान गुमाउनु सम्म परेको छ । आखिर किन गर्छन त बिदेशी भूमिमा नेपालिहरु झगडा अनी ज्यान मार्ने र मराउने सम्मका खेल किन हुन्छन ?   मलेशिया जस्तो मानवीय संबेदना अत्यन्त कम भएको देशमा भाडामा मान्छेहरु खरीदेर स-साना झगडा भएकै भरमा बिभिन्न समयमा नेपाली नेपाली बिच मार्ने र मराउने खेल चलेको सर्व बिधितै छ् । यसै क्रमका हिजो मात्र एउटा घट्ना सामाजिक संजालमा हार गुहार गर्दै सार्वजनिक भएको छ् । जून घट्नाका पीडित अर्जुन थापाले आफ्नो फेसबुकमा यसरी घट्नाको ब्रितान्त बताएका छन । न्याय र आफ्नो ज्यान बचाऊन नेपाल सरकार समक्ष अपील पनि गरेको छंन ।

अर्जुन थापाको म्यासेज जस्ताको त्यस्तै :

" हिजो मिती२०७३/५२८ गते राती मलेसियको समय १०:४७ बजे फोनबाट ज्यान मार्ने धम्कि अाएको हुदा उक्त धम्की एउटा होस्टलको एउटै फोररमा बस्ने साथीको हैसियतले मैले रेला ठट्टााको रुपमा सोचेको थिए उक्त कुरा मैले सामाजिक संन्जाल फेसबुकमा पनि स्टाटस लेखेको छु।अाज मिती २०७३/५/२९ गते म अर्जुन थापा रातको डिउटी सकिएर होस्टल्लमा यहाँको समय ८:११ बजे होस्टल प्रबेस गरे म लगायत ११ जना एकसाथ थियौ र रुपमा अा-अाफ्नो ठाउमा बिभाजन भैयो यसैक्रममा सो समयमा म सपिङ गर्न चाईनिजको पसलमा गए र अाएपनि केही भएको थिएन जब हाम्रो एउटा फलाईटमा पाँच वटा रुम छन् सबै रुमहरुमा रातीको डिउटी र दिउसोको डिउटी मिलाएर राखेको छ म चाहि सिङ्गल रुममा छु यसैक्रमा म माथी हमला गर्ने थमन बिक सगैको उताको अर्को कोटटामा बस्छ मैले जानेर बुझेर केहिपनि दुस्मनी छैन र मैले बुझे अनुसार हिन्दुजागरणको नामको फेसबुकममा नकरात्मक स्टाटटस लेखेर पोष्टगरेको देखेपछि किन भनेर मैले कुरा उठाएको थिए र स्टाटसपनि लेखेको छु मैले फेसबुकमा जब जातिय विभेद भनेर यहि क्रममा मलाई अाज ज्यान मार्ने सम्मको शारीरिक हमला भयो यसको बारेमा म अर्जुन थापा होस हवसमा बोल्दैछु यदि यो गलत मैले भनेको रहेछु भनेदेखी प्रचलित नेपाल सरकारको कानुन बमोजिम म सजायको भागेदार हुनेछु।।"

यसरी आपसी सामान्य झै झगडाका कारण ज्यान मार्ने उधोग सम्मका घट्ना बन्ने हो हामी आफैमा सुरक्षित कसरी हुन सकिन्छ ।  यस्ता प्रकारका घट्ना न्यूनीकरण गर्न पीडित र पिडक पक्षलाई कुन प्रक्रिया बाट समझदारी गराई समस्याको समाधान गर्न सकिन्छ । यस्ता प्रकृतिका घट्नाका कारण कसैको हत्या भएको खण्डमा नेपाल सरकारको भूमिका के रहन्छ ? यस बारे सरोकारवालाको ध्यान जानू नितान्त आबस्यक छ् । प्रदेशी भूमिका अनाहकमा कसैले ज्यान गुमाउन नपरोस ।।

* अर्जुन थापाको फेसबुक पोस्ट जस्ताको त्यस्तै ।

No comments:

Post a Comment