Friday, February 24, 2017

महाशिवरात्रिमा सक्रिय देखियो ॐ जन जागरण

राष्ट राष्टीयता र धर्म संस्कृति संरक्षणको अभियान अन्तर्गत आज कैलालिको धनगढ़ीमाँ ॐ जन जागरण नेपालले हिन्दू धर्म र यसको महत्व विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ् । उक्त अवसरमा संस्थाका महासचिव दोजराज घिमिरेले सस्थालाई जन जन सम्म पुर्याई आध्यात्मिक चेतना जगायेर धर्म परिवर्तन माथि अंकुश लगाउदै नेपालको मौलिक धर्म संस्कार र सस्कृति संरक्षण गर्नु पर्ने बताउनु भयो ।।

त्यस्तै बाके जिल्लामा पनि ॐ जन जागरण नेपालले महा शिवरात्रिको अवसरमा बिभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ् । स्थानीय धर्मगुरु तथा ॐ जन जागरण नेपालको सक्रियातामा शिव महिमा विषयक कार्यक्रम सञ्चालन गर्नुका साथै स्थानीय समिति समेत बिस्तार गरेको जिल्ला संयोजक पूजन हमालले बताउनु भयो ।।।

No comments:

Post a Comment