टिका होस निधारमा, जमरा होस कानमा, खुसि छवोस परिवारमा,
अनि शान्ती देशमा, दशैँमा खुसिनै खुसिको बास होस दु ख र
शत्रुहरुको नास होस दुबो जमरा मौलाए झै मौलाओस् जीवन,
टिकाको रङ्ग झै रङ्गियोस् मन । पलपल होस् प्रगति, सधै रही रहोस्
सुख, शान्ति र समृद्धि ।। माता दुर्गाले हरुन सबै दुःख, कष्ट, रिस-राग,
दोष पिर ब्यथा होस् सबै नष्ट । होस् हर कदममा उन्नती, पाईला पाईलामा होस् सधै प्रगति ।। बढुन उन्नतिका पाईला सदा,
नरोकिउन ईच्छा सयपत्री फुल झै हासिरहनु,परीवारीक
झगडा कहिल्यै नहोस्, सत्कर्म र सद्भावको बढोस्,चाहाना,
विजया दशमीको मङ्गलमय शुभ कामना
झनक बस्नेत पावै सोलुखुम्बु हाल मलेसिया
उपलब्ध समाग्रिहरु
Sunday, October 2, 2016
शुभकामना सन्देश
Thursday, September 15, 2016
बैदेशिक रोजगारिमा गएका नेपालिहरु नेपाली बाटै असुरक्षित बन्दै ।
स्वदेशमा रोजगारिको कुनै अवसर नभएपछी बैदेशिक रोजगारिको क्रममा बिदेशिएका नेपालिहरु बिच भएका झै झगडाहरु सामाजिक संजालमा बिभिन्न समयमा भाइरल नै हुने गरेका छन । तर यस्ता घटनाका कारणहरु स्पस्ट रुपमा बाहिर नआउँदा कसैले सुरक्षाको लागि कही कतै बाट पहल हुन सकेको छैन भने कसैले अनाहकमा ज्यान गुमाउनु सम्म परेको छ । आखिर किन गर्छन त बिदेशी भूमिमा नेपालिहरु झगडा अनी ज्यान मार्ने र मराउने सम्मका खेल किन हुन्छन ? मलेशिया जस्तो मानवीय संबेदना अत्यन्त कम भएको देशमा भाडामा मान्छेहरु खरीदेर स-साना झगडा भएकै भरमा बिभिन्न समयमा नेपाली नेपाली बिच मार्ने र मराउने खेल चलेको सर्व बिधितै छ् । यसै क्रमका हिजो मात्र एउटा घट्ना सामाजिक संजालमा हार गुहार गर्दै सार्वजनिक भएको छ् । जून घट्नाका पीडित अर्जुन थापाले आफ्नो फेसबुकमा यसरी घट्नाको ब्रितान्त बताएका छन । न्याय र आफ्नो ज्यान बचाऊन नेपाल सरकार समक्ष अपील पनि गरेको छंन ।
अर्जुन थापाको म्यासेज जस्ताको त्यस्तै :
" हिजो मिती२०७३/५२८ गते राती मलेसियको समय १०:४७ बजे फोनबाट ज्यान मार्ने धम्कि अाएको हुदा उक्त धम्की एउटा होस्टलको एउटै फोररमा बस्ने साथीको हैसियतले मैले रेला ठट्टााको रुपमा सोचेको थिए उक्त कुरा मैले सामाजिक संन्जाल फेसबुकमा पनि स्टाटस लेखेको छु।अाज मिती २०७३/५/२९ गते म अर्जुन थापा रातको डिउटी सकिएर होस्टल्लमा यहाँको समय ८:११ बजे होस्टल प्रबेस गरे म लगायत ११ जना एकसाथ थियौ र रुपमा अा-अाफ्नो ठाउमा बिभाजन भैयो यसैक्रममा सो समयमा म सपिङ गर्न चाईनिजको पसलमा गए र अाएपनि केही भएको थिएन जब हाम्रो एउटा फलाईटमा पाँच वटा रुम छन् सबै रुमहरुमा रातीको डिउटी र दिउसोको डिउटी मिलाएर राखेको छ म चाहि सिङ्गल रुममा छु यसैक्रमा म माथी हमला गर्ने थमन बिक सगैको उताको अर्को कोटटामा बस्छ मैले जानेर बुझेर केहिपनि दुस्मनी छैन र मैले बुझे अनुसार हिन्दुजागरणको नामको फेसबुकममा नकरात्मक स्टाटटस लेखेर पोष्टगरेको देखेपछि किन भनेर मैले कुरा उठाएको थिए र स्टाटसपनि लेखेको छु मैले फेसबुकमा जब जातिय विभेद भनेर यहि क्रममा मलाई अाज ज्यान मार्ने सम्मको शारीरिक हमला भयो यसको बारेमा म अर्जुन थापा होस हवसमा बोल्दैछु यदि यो गलत मैले भनेको रहेछु भनेदेखी प्रचलित नेपाल सरकारको कानुन बमोजिम म सजायको भागेदार हुनेछु।।"
यसरी आपसी सामान्य झै झगडाका कारण ज्यान मार्ने उधोग सम्मका घट्ना बन्ने हो हामी आफैमा सुरक्षित कसरी हुन सकिन्छ । यस्ता प्रकारका घट्ना न्यूनीकरण गर्न पीडित र पिडक पक्षलाई कुन प्रक्रिया बाट समझदारी गराई समस्याको समाधान गर्न सकिन्छ । यस्ता प्रकृतिका घट्नाका कारण कसैको हत्या भएको खण्डमा नेपाल सरकारको भूमिका के रहन्छ ? यस बारे सरोकारवालाको ध्यान जानू नितान्त आबस्यक छ् । प्रदेशी भूमिका अनाहकमा कसैले ज्यान गुमाउन नपरोस ।।
* अर्जुन थापाको फेसबुक पोस्ट जस्ताको त्यस्तै ।
Thursday, August 25, 2016
राष्ट्रघाती सम्झौता गर्नेहरुलाई बाँच्ने अधिकार छैन ।
अर्जुन थापा,सोलुखूम्बु
नेपालमा खुबै चर्चामा आउने दुई राष्ट्रिय गौरवका योजना हुन 'काठमाडौँ निजगढ फास्टट्रयाक र माथिल्लो कर्णाली जलबिद्युत आयोजना'। नेपालको भविष्यसँग गासिएका यस्ता अरु थुप्रै आयोजनाहरु छन्। नेपाल सरकारले खास गरेर भारतका दलालहरुले भन्ने गरेका कुरा के हुन भन्दा हामीसँग साधन श्रोत छैन त्यसैले हामीले भारतलाई यस्ता योजना दिनु पर्छ। बिचरा गाउका अशिक्षित जनता लाई के थाहा? होलातानी भनेर बस्छन।
बिगत चार बर्षदेखी बन्द भएको काठमाडौँ दुबइ सिधा उडान फेरी संचालनमा आएको छ। एकजना यात्रीले यस्तो बिमान किन्न कती पैसा लाग्ला नि भनेर बिमान चालक बिजय लामा लाई सोध्नु भएको खबर बाहिर आयो। लामा अक्क न बक्क भएर प्रती प्रश्न गर्दा यात्रीले भन्नु भयो 'हामी दुबइमा बस्ने नेपाली ५ लाख छौ हामीले यस्तै बिमान नेपाल सरकार लाई किनी दिन्छौ। तपाईंहरुले दैनिकी २ पटक दुबइ काठमाडौँ उडान गर्ने सर्त मान्नु पर्यो।' यो नेपालीहरुको भावनालाई सलाम गर्न मन लाग्यो। भलै हामी कुल्ली मजदुर हौला तर हाम्रो स्वाभिमान राम्रो राष्ट्रप्रति माया धेरै माथि छ त्यसैले जनता को यो मतलाई अबमुल्यन गर्ने नामर्द दलालहरु हो चेत खुलाउ ।
राष्ट्र निर्माणमा बिदेशिएका युवालाई आह्वान गर त तिमीले सोचेको भन्दा शत प्रतिशत लगानी नेपालीले लगाउन तयार छन् । थोपा थोपाबाट घैटा भरिन्छ। हामी एक्लैले केही गर्न सक्दैनौ तर सबै मिलेर सानो सानो रकम बाट ठुला ठुला योजना बनाउन सक्छौ यो सुनौलो मौकालाई सदुपयोग गर। जनतालाई यो पार्टी त्यो पार्टी भनेर नफुटाउ नजुधाउ। नेपाली जनता नेपाली आत्मसम्मान अभिमान गौरव कहिलै मर्दैन मर्न दिनु हुँदैन। राष्ट्रिय गौरवका योजना हामीले आँफै बनाउनु पर्छ। साधन श्रोतको चिन्ता नलिदा हुन्छ बरु कमिसन नआएको चिन्ता लागेको हो भने त्रिशुलीमा हाम फाले हुन्छ।
अधिकतम नेपालीले मजदुर गरेर बसेका मलेसिया साउदी कतार जस्ता देशका नेपालीहरुकालागि आफ्नै देशको राष्ट्रिय ध्वजावाहक बिमानमा यात्रा गर्न पाउदाको खुसीको मूल्य छैन । युवा अवस्था सकिएपछि थोत्रो शरीर लिएर घर फर्किने हो भोली मुखमा माड के ले हाल्ने हो भन्ने चिन्ता सबैलाई छ। यही कारणले पनि नेपालको लागि लगानी गर्न तयार छन नेपालीहरु बरु केही शेयर बाट आएको आम्दानीले बुढापा सजिलै बित्ने योजना बनाउ।
लगानी नभएर हामी गरीब भएका होइनौ। शाशक बर्ग बिस्तारवादिको दलाल भएर गरीब भएका हौ हेपिएका छौ कुटिएका छौ लुटिएका छौ। ६०लाख नेपाली बिदेशमा बस्छन भारत बाहेकका मुलुकहरुमा उनीहरुको आफ्नो देशप्रति अथाह माया छ। जसको कारण आफ्नो देश बनाउन भौतिक रुपमा सम्भव नभए पनि आर्थिक लगानी गर्न सके भने ठुला ठुला योजना बन्ने निश्चित छ। जापानमा कोरियामा अस्ट्रेलियामा कती नेपाली बस्छन बेलायतमा कती नेपाली छन? सबैले नेपालमा लगानी गर्न तयार छन् ।
राष्ट्रघाती सन्धि सम्झौता भयो भने त्यो तिमीहरुको आखिरी दिन हुन सक्छ खबर्दार शाशक बर्ग हरु हो।त्यसैले हाम सँग श्रोत छैन भन्नेर जनता लाई नडराउ नढाट तिमीहरुले भारतको चाकडी गर्न छोड। देश बनाउन जनता आँफै तयार छन। दलाली गरेर यो देश लाई बिदेशिको रणभुमि बनाउनु भन्दा घाटिमा पासो लगाएर मर्दा हुन्छ।
।।जय नेपाल।।
Monday, August 22, 2016
चाडपर्व फेसनको लागी हैन सस्कारको रुपमा मनाऔ ।।
गोविन्द बस्नेत सोलुखूम्बु
---------------------------------------------------
यसपालिका चार्ड्पर्बहरु भर्खरै सम्पन्न साउने सक्रान्ती जनैपूणिर्मा बाट भटाभट सुरु भयका छन ! लगातार आउदै गरेका हिन्दु सस्कार अनुसार को सबै चाडपर्बहरुको सबै हिन्दु प्रेमी मित्रजनहरुमा हार्दिक मङ्गलमय सुभकामना दिन चाहन्छु !! साथै सम्पुर्ण हिन्दु प्रेमी जनहरुमा के अनुरोध गर्न चाहन्छु भने । सबै जनाको आर्थिक ,सामाजिक ,शैक्षिक स्तर पहुँच बराबर हुँदैन । र छैन पनि तर मन भने धनी होस या गरिब सबैको बराबरी हुने गर्दछ । रहर धनी होस या गरिब सबैको बराबरी हुने गर्दछ । आफुले मनाउदै गरेको पर्बले अर्कालाई नकारात्मक असर नपरोस् । धर्म लाइ फेसनमा होइन सस्कारमा मनाउने गरौ ।तपाईं हामिले पकायको खानाको परिकार ले त्यो हलि गरेर बिहान बेलुका छाक टार्ने छिमेकीको छोराछोरी रुन नपरोस् ।तपाईं हामिले लगायको गहना , कपडा , श्रीङ्गार ले त्यो खेताला गरेर परिवार पाल्ने छिमेकी लाइ खिल्ली नउडावस !! तपाईं हामिले नजिकै को भट्टी पसलमा गयर खायको तुङ्बा सिकुटी र जुवा तास ले भरिया गरेर बाल बच्चा पाल्ने छिमेकीको आसु नबनोस !! तपाइ हाम्रो रवाफका कारण तपाईं हाम्रै रगतका नातेदार पनि हतोत्साहित वा निरुत्साहित हुने डरले चाडपर्व मा सहभागी हुनुभन्दा धर्म परिवर्तन गरेर उराठ जिबन जिउन बाध्य नबनुन ।। धर्म सस्कार सबै को समान हुन्छ !!त्यसैले चाडपर्व लाइ फेसनमा प्रयोग नगरौ !! समान तरिकाले आफ्नो सस्कार र सस्कृती मनाउने गरौ !!आत्मा सबै को हुन्छ ।सबै ले सबैको आत्मासम्मान गर्ने बानी बसालौ !! जन्म पछि मृत्यु निश्चित छ ।मृत्यु हुनु सत्य हो ।बाचुनजेल सबैलाई सम्मान ब्याबहार गरौ ।र बाच्ने बाताबरण को हौसला दिउ ।दु:खी र गरिब को सेवानै सबैभन्दा ठुलो धर्म हो ।त्यसैले गरिब दु:खि माथी दयाको भाबना राखौ ।गरिब भयर आफ्नो आफन्त बाट नै टाढिनु परेर आफ्नो धर्म लाइ परिवर्तन गरेर रोहिरहेका धेरै मान्छे हरुलाइ देखेको छु । त्यसैले कसैले कसै माथी दुव्र्यवहार नगरौ ।कसैको पनि मनमा आच आउने काम नगरौ । मनलाई नदुखाउ असक्त र असहाय लाइ सहयोग गरौ ।तपाईं हाम्रो सानो सहयोग ले भोली उ राष्ट्र को सम्पत्ति बन्न सक्छ ।धर्म को रक्षक बन्न सक्छ ।तपाईं हामी एक जुट भयमानै आफ्नो धर्म कर्म को परिचय स्थापित गर्दै घर समाज अनि राष्ट्र नै स्थापित गर्न सकिन्छ ।
आउदै गरेका चाडपर्ब हरुको सफलता को सुभकामना !!!!!!
Wednesday, August 10, 2016
विखण्डित समाजको एकताका लागी सबैले सोच्नु पर्छ ।
प्रकाश भण्डारी,
आदरणीय मेरा धर्म संस्कार प्रेमी ,रास्ट्र प्रेमी मानुभाब हरु ,हजुर हरु सामु मेरो मन को कौतुहल्ता प्रस्तुत गर्न बाध्य भयेको छु ।प्रदेस को चर्को घाम ,हाकिम को आदेश ,हरेक ब्यक्तिगत पिँडा ,त्यो माथी पारिवारिक चिन्ता साथै आफ्नो उज्वल भबिस्य बनाउने सपना भन्दा निकै महत्वपूर्ण ठान्दै छु त्यो मेरो देश साथै समाज मा दन्केको बिखन्डन्कारी आगो को ज्वाला सरह को धार्मिक कलह कसरी निर्मुल पारौँ ,मेरो देश ,समाज नै नरहे ,मेरो घर परिवार कहाँ सुरक्षित रहला र ?
म नेपाल को ,ताप्लेजुङ जिल्ला थुम्बेदिन गा बि स मा म जन्मिए ।
म यो नदि नाला झाँगा छहरा झर्नाहरु को पानी खाँदै ति डाँडा काँडा पहाड पर्बत कुना कंन्दरा मा खेल्दै लड्दै लुकामारी गर्दै हुर्कियेँ ।म जन्मदा बिभिन्न धर्मावलम्बी हरु बसोबास रहेको समाज मा हुर्कियेँ ।तर म हिन्दु धर्मावलम्बी को को सन्तान भै जन्मियेँ ,हिन्दु धर्म मा मेरो देस को ब्याख्या गरियेको छ संसार का हरेक कुरा हरुलाई बैज्ञानिक बिस्लेसण गरियेको धर्म मेरो हिन्दु हो ।हिन्दु धर्म मा नारी लाई देभी मानिन्छ ,संसार का हरेक मानिस लाई एक मानियेको छ ,न कुनै धर्मावलम्बी या जात जाती भनी छुट्याइयेको नै छ सबै समान छन ,यहाँ का नदि नाला हरु मा बग्ने पानी लाई गंगा को संम्मान गरियेको छ ,म हिन्दु हुँ किन भने मलाई यहाँ माया ममता सहयोग सद्भाव सिकाइयेको छ ,संसार मा कुन तेस्ता धर्म छन जस्ले मेरो माटो ,मेरो पहाड ,मेरो नदिनाला र मेरो देश मा पाइने फुलहरुको सुगन्ध को बारेमा ब्याख्या गरियेको छ ?
मलाई मेरो पहिचान मेरो हिन्दु धर्म ले दियेको हो र म गर्भ का साथ भन्न सक्छु मेरो हिन्दुत्व सर्बस्रेस्ठ छ ।
हामी लाई थाहा छ कि धर्म संस्कार सबै को आ-आफ्नो बेगल बेगल भयेनी सम्माननिय रहन्छ , चाहे त्यो हिन्दु होस ,बौदिस्ट होस, किराँत होस, इस्लाम होस,इसाई होस, सबै को धर्म संस्कार उच्च नै हुन्छ ,धर्म संस्कार भनेको मानिस लाई सकारात्मक बाटो मा डोहोर्याउने एक महत्वोपुर्ण माध्यम हो ,म यहि बुच्छु ,ताकी सबैले सबैलाई सम्माननिय दृस्टी राख्न सकोस ।
झैझगडा ,काटमार,हरेक बिकृती ,तर्फ देश समाज लाई उन्मुख नगराओस त्यो जुन सुकै धर्म ले दिने ज्ञान हो ।
म कुनै पनि धर्म संस्कृती को बिरोध गर्न चाहान्न र त्यो गर्नु पनि हुँदैन ।तर आज मलाई कुनै धर्म ले बाध्य गरायेको छ खबरदारी गर्न ,बिरोध गर्न ,र तेस धर्म को कार्य निति र सिदान्त प्रती प्रस्न गर्न !!!
म हिन्दु को सन्तान भयेर होइन अहिले सर्बहारा गैर धार्मिक आस्थावान ब्यक्ती को हैसियत लियेर प्रस्न गर्दै छु ।
बुडापाका ले भन्थे कुनै पनि धर्मावलम्बी ले अर्को धर्म ग्रन्थ नपड्नु बोउलाइन्छ भन्थे ,तर मैले आज इसाइको बाइबल केहि पडेको छु ,बाध्य गरायो मलाई यो कार्य गर्न ...किनकी मलाई इसाइ धर्म को नाम मा गरियेका कार्यनिती संगै हजारौँ प्रस्न उब्जाइदियो र आज केहि प्रस्न गर्दै पनि छु यहाँ हजुर हरु कै सामु ।
१)(इसाई धर्म मा मान्छे प्रबेस गरे पस्चात कहिलै मर्दैन ,ताकी सदा जिबित नै रहन्छ ,,इसाई मित्र हरु हरेक दिन येस्तै भासण गर्नु हुन्छ? के यस कुरा मा सत्यता छ ?कि सोझा नेपालि जनसमुदाय का आँखा मा छारो हाल्ने कार्य मा सकृय हुनुहुन्छ ???हामी यो भन्छौं मान्छे जन्मिदा रोयेर जन्मन्छ पड्छ लेख्छ सचेत हुन्छ देश समाज को सम्मान पाउँछ अन्त्य मा अरु लाई रुवाउँदै बिदा हुन्छ यो धर्ती बाट, उस्को सरिर हामी समक्ष नभयेनी नाम आजिबन रहन्छ ,यो त जुन सुकै धर्मावलम्बी मानिस भयेनी लागु हुन्छ ,,इसाइ नै हुनु त नपर्ला यो गर्न लाई ।कि कुनै अजम्बरी औसधी छ इसाई घर्म गुरु हरु संग ??
२)इसाई धर्म मा प्रबेस गरे सरिर स्वास्थ रहन्छ ,यानकी कुनै रोग लागेर मर्नु पर्दैन इसाई धर्म ले रोग निको पार्छ ?इसाई धर्मावलम्बी प्राय सबै को मुख बाट हामी सहज रुपमा बिज्ञापन गरेको पाउँछौं ,के येस भनाई मा सत्यता छ??
मेरो बिस्लेसण मा सरिर को रोग लाई धर्म ले निको पार्छ भनेर ब्याख्या गर्नु महा मुर्खता को परिचय देये जस्तो लाग्छ मलाई ।
इसाई धर्मावलम्बी को भनाई अनुरुप चल्ने भने त बिस्व मा कयौँ तेस्ता देस छन जहाँ इसाई रास्ट्र भनी घोषणा गरियेका ,के त्यहाँ हस्पिटल हरु सबै बन्द छन ,जरुरी किन पर्यो र पास्टर ले पानी फुके निको हुने भैगो नि ?इसाई धर्मावलम्बी मित्र हरु अनुरोध गर्छु कि कसै को स्वास्थ्य प्रती धर्म को नाम लियेर खेलवाड नगरियोस ।बरु सक्नु हुन्छ भने रोगि गरिब छ भने केहि आर्थिक राहत उपलब्ध गराई हस्पिटल सम्म पुर्याउन मद्धत गर्नु होस ।त्यहा रहन्छ तपाई को धर्म साथै मनबता ।
३)इसाई धर्म मा प्रबेस गरे स्वर्ग को सिढी चडिन्छ ,कहिलै दुखी हुनु पर्दैन ,सुख सयल मिल्ने छ ,भनी येस्तै बिज्ञापन गरिरहेको पाइन्छ ,के यस बिज्ञापन मा सत्यता छ ??
हामी लाई त लाग्छ जन्म र मृत्युको जिबन परिधी भित्र असल कार्य गर्दै ,सबै प्रती सहयोगी ,निस्वार्थ रुपमा सबै को दु:ख सुख मा साथ दिदै बाँचुन्जेल सबै को सामु पृय र सबै को समाननिय दृस्टी को भागिदार बन्दै बाँच्नु नै स्वर्ग हो।
मरे पस्चात के स्वर्ग के नर्क ..(अर्को कुरा कुनै दु:ख पिडा भोग्नु पर्दैन सबै प्रभु ले लिनु हुनेछ भन्नु हुन्छ )
हेर्नुहोस खाडी मा रहेका 55 डिग्री को गर्मी संगै सडक मा बेल्चा हान्ने इसाई लाई यो तपाई को भनाई उचित होला ।
त्यो अफृका का बाल बच्चा हेर्नु होस भोकमरि र गरिबी को चपेटा ले कति मरेका छन ?थोरै सोच्नु भाको छ ?कि तिनि हरु खुसी नै छन ?
प्रभु को नाम जप्दा सुख प्राप्ती हुन्छ भन्दै रात दिन प्रभु जप्ने खाडी का युवा को घर मा जे जति भयेको संम्पती लियेर श्रीमती अर्कै संग बाटो लाग्छे के त्यो प्रभु ले दियेको खुसी हो ??
म यो सब भनेर तपाई को धर्म लाई बिरोध गर्दै छुइन तर घर्म को नाम लियेर कसै को ब्यक्तिगत जिबन बर्बाद किन पारिन्छ ।किन अन्धबिस्वास मा छोप्न खोजिन्छ ?
४)मानिस जन्मिदा पापी भयेर जन्म लिन्छ जब उ इसाई मा प्रबेस गर्छ तब सबै पाप बाट मुक्त हुन्छ भनेर मुख्य प्रचार प्रसार को माध्यम बनायेको छ ,के यो सत्य हो ??
मेरो ब्यक्तिगत सोचाई मा यो अति नै गलत धारणा हो ।किनकी जब बच्चाजन्मन्छ त्यो बच्चा न देख्न सक्छ न बोल्न नै र तेस अबोध बच्चा प्रती धर्म को नाम मा उस्लाइ पापी को उपनाम भिराउनु कहा सम्म को अनुचित दृस्टी हो !!
बच्चा जन्माउन एक आमाले ९ महिना गर्भ मा राखी हरेक ख्याल साथै पिडा सहेर तब बच्चा जन्माउछिन हरेक स्वाहार सुसार उस्प्रती पुर्ण रेखदेख को जिम्मा जन्म दिने आमा र बाबा मा कैद भयेको हुन्छ ।आमा को माया ममता र आमा को दुध चुस्दै बच्चा हुर्किये संगै उस्को उज्वल भबिस्य प्रती महत्वपूर्ण सोचाई आमा बाबा को हुन्छ , उचित शिक्षा र पालन पोसण को लागी हरेक आफ्ना सपना बलिदान गरि हात पाउ खियायेर त्यो सन्तान को लागी समर्पण गरेका हुन्छन ।सन्तान दक्ष हुन्छ तर बाउ आमा हर्स्तित हुन्छन तर हरेक प्रलोभन ले उस्ले धर्म परिबर्तन गर्छ र भोली पल्ट बाट उस्लाई घोकाइन थाल्छन कि! जन्मायो प्रभले ,हुर्कायो प्रभु ले ,उचित शिक्षा लिने अवसर प्राप्त भयो प्रभु कै कारण ,,अनि अरु घोकाउन सुरु हुन्छ त्यो जन्म दिने आमा कर्म सिकाउने बाउ जस्ले आफ्नो रगत पसिना बगायेर सन्तान लाई दक्ष बनायेको छ वहाँ हरु समक्ष उपहार स्वरुप नाम दिन सिकाइन्छ (सैतान )
इसाइ धर्मावलम्बी मित्र हरु के येहि हो तपाई हरु को धर्म ग्रन्थ ले दिने सकारात्मक सन्देस ??
मेरो प्रस्न इसाइ धर्मावलम्बी हरु समक्ष हजारौँ छन ,जुन मेरो मन ले अत्यन्त नरुचायेका ।
मेरो देश आज यहि बिकृती जन्य धर्म को सिकार बन्दै छ ।
तर बिडम्बना हामी हिन्दु ले आवाज उठाये या खबरदारी गरे ,यो त टप्परे बाहुन हरु को मात्र धर्म हो भनी बेवास्था गर्ने जनजाती ,राई ,लिम्बु ,तामाङ, मगर ,सेर्पा आदि जाती का मानुभाब हरु लाई बिनम्र अनुरोध गर्दछु ... हिन्दु रास्ट्र ब्राह्मण क्षेत्री होइन जनजातिको लागि अनिवार्य जोगाउनु आवस्यक छ ।
ब्राह्मण क्षेत्री को कला सँस्कृती के छ र यहाँ? जनजाती को जति ??
उनिहरु त बस हिन्दु धर्म मान्छन। तर जनजाती को हिन्दु धर्म अनुसार को कला, भेषभुषा , संस्कृति ,रहनासहन छ तसर्थ
हिन्दु बिना जनजाती को अस्तित्व रहने वाला छैन ।
एक एसाई ले गुरुङ घाटु नाच आहा भनेर हेर्न सक्छ ?
एक एसाई ले तामाङ् सेलो यो हाम्रो संस्कृती हो येस्लाइ संरक्षण गर्नु हाम्रो कर्तव्य हो भनी भन्न सक्छ ?
के नेवार ले पुज्ने गाई पुजा लाई इसाई ले सद्भाव राख्न सक्छ ?
के लिम्बू को च्याभ्रुङ नाच ,धान नाच ,उभौली ,उदौंली येस संस्कार मा सहयोग र सद्भाब राख्न सक्छ ??सक्दैन !किनकी उनिहरु को नजर मा यो सब सैतान को खेल हो ।अर्को कुरा आयो बुद्द ।बुद्द लाई सैतान को नाम दिई घर मा भयेको बुद्द को मुर्ति ,बुद्द को तस्बिर या कुनै आकृति लाई बोरामा पोको पारी खाल्डो मा पुरी वा नदि मा बगाई इज्रायल को एक साधारण नागरिक लाई मेरो प्रभु भन्छन भने के तिनिहरु मौलाउने धर्म निरपेक्ष काँ सम्म को खतरा हो आफै बुझौँ।हिन्दु ले त गर्भ र आस्था का साथ पुजा गर्छन ।
तर यहाँ त भ्रम फैलाउने ,किन्ने,बिक्ने,बिकाउने बेच्ने गराउने ले सिधै नेपाल को अस्तित्व मा चट्याङ परेका छन । तर यहाँ बुज्ने कस्ले ?बुजाउने कस्ले ?यहाँ बाहुन क्षेत्री लाई गाली गर्दा गर्दै जनजाती को अस्तित्व खतरा मा परि सकेको छ ।
आफ्नो पहिला को समाज हेर्नु होस ..कति सुन्दर थियो र अहिले को समाज संग दाँज्नु होस कति फरक पाउनु हुन्छ ,ओल्लो घर पल्लो घर बोल्चाल छैन ,त्यहा आफ्नो धर्म संस्कृती मनाउन स्वतन्त्रता छैन तेस अवस्था को बाब्जुद प्रहरी प्रसान तैनाथ गर्नु पर्छ सुरक्षा को लागी त्यहाँ ,हिजो को सामाजिक एकता आज पुरा चक्नाचुर भयेको छ ,केहि समय पस्चात हेर्दै जानु होस त्यहा त्यो एकता को लागी हाम्रा भाबी पिडि ले कथा जस्तो सुन्न पाउने छन ,आफु ले मान्ने धर्म का मठ मन्दिर चैत्य गुम्बा तोडफोड गर्ने कार्य तिब्र छ ,यो सब इसाई धर्मावलम्बि प्रबेस को कारण हो ,यदि एक ले अर्को धर्म प्रती सद्भाब राख्न सक्दैन ,सकारात्मक दृस्टी राख्न सक्दैन भने त्यो धर्म होइन ,हामी खुलेर भन्ने छौँ ,त्यो देस ,समाज बिखन्डन गर्ने उदेस्य ले प्रबेस गरेको आतंकबादी समुह हो ।
हिजो कुर्कुचा देखाउन हुन्न भन्ने समाज का महिला दिदि बहिनी आज
सडक मा उत्रेर (अब महिलाले यौन पेशा गर्न पाउने अधिकार देउ सरकार। अब एक महिला ले दुइ श्रीमान राख्न पाउने ब्यबस्था गरिदेउ सरकार ।सदियौँ देखी चली आयेको हिन्दु महिला हरु को महान पबित्र चाड हरितालिका तिज मा यस्पाली हामी ले देखिउँ गित ले भदै थियो तिज मा दर होइन रम बियर ह्विस्की र भोड्का खाइन्छ ,साडी चोली हैन व्रा र पेन्टी मा सजिइन्छ ,येस्ता कार्य ले त्यो कुनै महिला सोच मा बिकास भयेको होइन ,त्यो कुनै आधुनिकिकरण तर्फ उन्न्मुख भयेको होइन ,त्यो इसाई धर्म को गलत प्रेरणा र प्रहाभ हो ।
अब थोरै सोच्नु होस हिन्दु धर्मावलम्बी मानुभाब तपाइ हाम्रो देस धर्म संस्कृती ले कुन मोड लिदै छ !थोरै सोचात्मक हुनुहोस ..कसरी बचाउन सकिन्छ धर्म संस्कृती ...हिन्दु रास्ट्र घोषणा गर भन्दा टप्परे बाहुन को माग हो नब्भन्नु होस।बिसेस गरि जनजाती मानुभाब को लागी बिसेस हित हुने मेरो धारणा छ ।