Saturday, July 30, 2016

हो हो म त्यही सामन्ती बाहुन क्षेत्रिको सन्तान नै हूँ ।।

अचेल नेपाली समाजमा अधिकतम चर्चा हुने बिषय वा शब्द जातीयता र संघीयता नै हुन जस्तो लाग्छ । त्यसमध्य बाट समानता प्रतिपादन हुनेमा हाम्रा केहि राजनीतिज्ञहरु बिस्वास गर्छन । भने अर्को तर्फ कसैले संघीयताको बिषयलाई कठोर तरिकाले बिरोध गरी रहेकापनी छन । संघीयता के हो ? यसबारे म त्यती बिज्ञ चाही छैन । तर संघीयताले समान प्रतिनिधित्व सुनिश्चित गर्ने भएकोले लोकतान्त्रिक पद्दतिको एउटा महत्वपूर्ण अङ्ग हो जस्तो चाही लाग्छ । तर हाम्रो जस्तो बहु भाषिक,बहु सांस्कृतिक र भौगोलिक असमानता भएको देशमा भने यसको प्रभाव सकरात्मक वा नकारात्मक हुन्छ । त्यस बारे अनबिज्ञ नै छू । तर अर्को कुरा जातीयता को विषयमा पिछडीएका जातीको उत्थान गर्नु पर्छ र सामाजिक बिभेद अन्त्य गर्नु पर्छ भन्नेमा मेरो स्पष्ट धारणा छ।। राज्यको हरेक क्षेत्रमा हरेक जाति,धर्म र बर्गको सामान प्रतिनिधित्व हुनै पर्छ । । तर त्यसको लागि कुनै निश्चित मापदण्ड बनाइनु पर्छ । नत्र आजको जस्तो प्रणालीले र सोचाईले चाही देशमा भोली अर्को क्रान्ति जन्माउने वा उब्जाउने निश्चित नै छ ।। पहाड़ियाहरू वा विशेषत बाहुन क्षेत्रीहरु सामन्तको सूचीमा राख्नु  नै गलत छ । उदारणको लागि म एउटा त्यस्तो पहाड़िया सामन्तवादी बाहुनको सन्तान हूँ । जसलाई पढाउन मेरो बुवाले जग्गा घितो मात्र राख्नु भएन लिलामपनी भयो र त्यही ऋणको बोझ खेप्न नसकेर मैले मेरो उज्वल भविष्यको सपना टूटाएर अरबको ५५℃ को गर्मीमा बेल्चा चलाउदै छु । भने मेरो साथी बिजय कुमार श्रेष्टका शोषित पीडित बुवा जसको करोडौको ब्यापार थियो उसले आरक्षणमा  नेपाल सरकारको जागीरे सम्म पाएको छ ।  यहानिर मैले मेरो साथीको जागीर वा उसको बुवाको करोडौको सम्पत्तिको डाहा गरेको हैन । यती मात्र भन्न खोजेको आरक्षण जातीय आधारमा हैन बर्गीय आधारमा हुनुपर्छ । जसले भोली समाजमा समानता ल्याउछ । लोप उन्मुख जातीको संरक्षणको लागी बिशेष समयन्त्र बनाइयोस । तर करोडौको सम्पत्तिको मालिक तराइको मरवाडी शोषित र उसको घरमा दिन रात भाडा माझेर स्कुल जादै  गरेको पहाड़को खड्का वा खनाल शोषक भन्ने धारणा र ब्याबस्थाको अन्त्य हुनु नै पर्छ ।। आर्थिक स्तर र सामाजिक न्यायको आधारमा ब्याबस्था गरिनु पर्छ ।

Sunday, July 24, 2016

हिन्दू जागरण युवा संघको मध्य पश्चिम ब्यरो गठन


हिंदुत्व संरक्षण तथा धर्म परिवर्तन बिरुद्दको महा अभियान हिन्दू जागरण युवा संघ नेपालले आफ्नो स्थापना कालदेखी नेपालको मौलिक धर्म संस्कार र संस्कृति संरक्षणको लागि युवाहरुमा आध्यात्मिक चेतना जगाउदै सामाजिक कामको साथै धर्म द्वारा सामाजिक रूपान्तरण गर्ने र बिभेद रहित समाजको निर्माणको लागि समानता र एकताको सन्देश नेपालका सबै गाउँ बस्तीहरुमा ससक्त रुपमा छर्ने जस्ता कार्यहरु गर्दै आएको छ । नेपाल धर्म निरपेक्ष भए यता नेपालको मौलिकता मास्ने र नेपालको सार्वभौम सत्ता नै धरापमा पार्ने षणयन्त्र पूर्वक गराइदै आएको धर्म परिवर्तन प्रति हाम्रो गम्भीर ध्यानाकर्षण पनि भएको छ । नेपालका ९४% रैथाने ओमकार परिवारको मर्म र भावना अनुरूप नेपाललाई धर्म सापेक्ष हिन्दू राष्ट्र घोषणा गर्नु पर्ने माग पनि हामीले बिभिन्न समन्धित निकायमा राख्दै आएको छौ ।। यसै क्रममा आध्यात्मिक चेतनायुक्त नेपाल निर्माणको लागि स्थानीय स्तरमा संगठित गर्दै ससक्त भूमिका निवार्ह को लागि सम्पर्क समिति वा मध्यपश्चिम बिकास क्षेत्रमा संगठन बिकास र बिस्तारको लागी ब्यरो गठन गरिएको छ उक्त समितिको इन्चार्जमा बाँके जिल्ला बाट नर ब पुनः हुनुहुन्छ । भने सहयोगी र सह इन्चार्ज हरु बाँके बर्दिया दैलेख सुर्खेत बाट रहनु भएको सुर्खेत बाट हाम्रा समाचारदाता श्री पुष्कर वलीले जनाउनु भको छ ।

Saturday, July 23, 2016

झापामा हिन्दु जागारण प्रशिक्षण सम्पन्न भएको छ ।


हिन्दु जागरण अभियान नेपाल झापाको आयोजनामा एक दिवशिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । हिन्दु जागर नेपाल जील्ला सदस्य शेखर ओझाको सभापतित्वमा सञ्चालन उक्त औपचारीक कार्यक्रमा केन्द्रिय सचिव रागभ उपाध्याय प्रशिक्षण दिनुभएको थियो । झापा जील्लाभारका धार्मिक अभियान्तहरुको उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा अतिथिहरु धार्मिक अभियान्ता नवराज ढकाल, पूर्वाञ्चल संयोजक चेतन संग्रौला, हिन्दु जागरण युवा संघ सचिव भिम थापा, युवा संघ जीलला कोषाध्यक्ष दुर्गा नेपाल, कनकाई नगरपालीका संयोजक इन्द्र खड्का, शिवसताक्षी नगर कमिटि अध्यक्ष काजी पाठक रहनु भएको थियो भने काजी पाठक, भिम थापा, दुर्गा नेपाल लगाएतले मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको उद्घोषण जील्ला सचिव लक्ष्मण चौहानले गर्नुभएको थियो ।

धर्म परिवर्तन विरुद्धको महान अभियान अन्तर्गत हिन्दु जागरण नेपाल झापाले पहिलो पटक केन्द्रिय सचिव लाई झापामा ल्याएर प्रशिक्षण कार्यक्रम गरिएको हो । हिन्दुत्व संरक्षण तथा धर्म परिवर्तन बिरुद्ध जनचेतना मूलक कार्यक्रमा हिदुत्व र नेपाली पहिचान अनि धर्म परिवर्तनले समाजमा पारेका असरहरुका बारेमा प्रशिक्षण दिइएको थियो । उक्त कार्यक्रममा झापा जील्ला भरका धार्मिक अभियान्ता हरुको उल्लेखनिय उपस्थिति रहेको थियो । भन्ने जानकारी त्यहाँ स्थित हाम्रा सहयोगी मिलन चुडाल ज्यू ले बताउनु भएको छ ।

Thursday, July 21, 2016

धर्म अफिम हैन अमृत हो नेता ज्यू ।


देशका केहि चर्चित नेताहरु धर्मलाई आफिमको संज्ञा दिदै देशलाई धर्म निरपेक्ष बनाउन प्रत्यक्ष वा परोक्ष भुमिका खेल्दा आम नेपाली जनताको भावनामा खेलवाड़ मात्र भएन धार्मिक आस्था माथी धारिलो हतियार प्रहार गरी हत्या गर्ने कोशिस नै गरियो । हामी सनातन धर्मालम्बीहरुका एतिहासिक धरोहर भत्काउने प्रयास मात्र भएन नेपाली पहिचान नै मेटाउने षणयन्त्र स्वरूप केहि मेशिनरी सस्थाहरुलाइ जबरजस्ती र लोभ लालच दे स खाएर धर्म परिवर्तन गर्न एक प्रकारको सरकारी अनुमति पत्र नै बन्यो धर्म निरपेक्ष । एकातर्फ लोकतन्त्र र गणतन्त्रको पाठ पढाएर आम जनमानसमा भ्रमरुपी झ्याली पिट्ने काम भयो । भने अर्को तर्फ तानाशाह र अधिनायकवाद जबरजस्ती लागू गरियो । तानाशाह र अधिनायकवाद यस अर्थमा भनिएको हो लोकतान्त्रिक मूल्य र मान्यता बिपरीत जनताको प्रत्यक्ष साशनमा जनताको कुनै आवाज सुनिएन नेपालका रैथाने ९४% ओमकार परिवारको आवाज लाई जबरजस्ती दबाउने काम गरियो नत्र जनताले कहिले आवाज उठाएनन संबिधानको मस्यौदा माथिको सुझाव सङ्कलन देखि संबिधान जारी हुने दिन सम्म आन्दोलनरत सनातन धर्मालम्बीहरुको भावना र आवाजलाई सुन्न चाहेनन हाम्रा प्रतिनिधि वा सुनेर नसुने जस्तो गरियो ।। धर्म अफिम भन्ने अपराधिक मानसिकता यो देशका नेताहरु जसले धर्मलाई अफिम भन्दछन । धर्म मान्दिन भनेर आफूलाई नास्तिक घोषणा गर्ने हरु लेलीनवाद,माक्सवाद लाई बेद र गीता मानेर रातदिन पाठ गर्छन् । लेलिन र माओ हरु लाइ साक्षात भगवान मानेर हरेक ठाउँमा रातो टिका र माल्यार्पण ले नमन गर्छन् । हुन सक्छ ऊनीहरुको बौद्विक क्षमताले धर्मलाई अफिम वा बिष देखेको तर हजारौ बर्ष देखि धार्मिक आधारमा आफ्नो सामान्य जीवनयापन देखि बिशिस्ट कार्यहरु सफलता पूर्वक गर्दै आएका बैज्ञानिक,साधू सन्त वा प्राथाना र साधना बाट जीवनको अर्थ बुझेर र बुझाएर बुद्दत्व हासिल गरेर सिङ्गो बिश्वलाई ज्योति दिने महान ब्याक्तित्वहरु लाई के भन्छन ? जसले धर्मलाई अफिम भनिरहेको छ । उनीहरु जीवनभर झूट र भर्मको खेती गरेर सोझा साझा जनताको बर्तमान र भबिष्यमाथी खेलवाड गर्छन । धर्मको अर्थ धारण गर्ने भएकोले पनि उनीहरुले सत्य र उदारता लाई धारण गर्न नसक्नु र त्यसैले उनीहरुलाई धर्मको अर्थ नै थाहा भएन । त्यसैले आफ्नो अनुभव नै नभएको बिषयबस्तु मा बोल्नु र आक्षेप लगाउनु उपयुक्त हुदैन । धार्मिक हुन वा धर्म लाई बुझ्न आफूमा इमान्दारिता,नैतिकता,त्याग र तपस्या जस्ता गुणहरु हुनु अत्याबस्यक हुन्छ । तर नेपालको सन्दर्भमा राजनीति गर्ने ऊनिहरुमा यी सबैकुराहरु पतन भै सकेको छन । यी कुराहरु ऊनिहरुले पुनः धारण गर्न खोजे भने पनि निकै अप्ठेरो हुन्छ वा असम्भब रहन्छ । त्यसैलेपनी ऊनिहरु जस्ता नैतिकता हराएका हरुका लागी धर्म अफिम जस्तो लागेको मात्र हो । सबैलाई त्यहि भ्रम छरेर अर्को अपराध नगर्नु होला भन्दछौ हामी । मैले उनिहरुको हितको लागी भनेको छु । किनभने अपराधिहरु का लागी ढिलो चाडो सजाय हुन्छ नै । र यसको भागीदार ऊनिहरु ढिलो चाडो हुनु नै पर्छ । धर्म अमृत हो आज मेरो परिवार,मेरो समाज,मेरा आफन्त मेरो देश भन्ने भावनाको जग बसाउने धर्म नै हो । यदि मानिसमा पाप डर हुदैन्थ्यो भने समाज कति कुरूप र अपराधीक हुन्थेयो होला सोचौ त ? मानिस लाई समाज संग जोड्ने र नैतिकता सिकाउने देखि अधिकार र कर्तत्ववान बनाउने धर्म नै हो । धर्म द्वारा नै कर्म सिकाएको हुनाले आजको मानवजाति हरु एक अर्काको मर्म बुझ्ने र बुझाउने गर्दछन् । जून मानिस धार्मिक बाटोमा हिड्छन धार्मिक बाटोमा हिड्ने भनेर मैले आडम्बर र पाखंडिपन लाई ग्राहयता दिन खोजेको पक्कैपनि हैन । तर बास्तबिक धार्मिक बाटोमा लागेका मान्छेहरु जीवनलाई अमृतमय बनाउछन र स्वर्गको अनुभव गर्न सक्दछन । भने धर्म एउटा अमृत बनेर समाजमा बसेको पुष्टी गरीरहनु पर्दैन । यो आफैमा अमृत हो । जति सक्छौ सेवन गरेर र आत्मा देखि प्रमात्माको ज्ञान आर्जन गर्दै जीवन लाई सार्थक बनाउन सकिन्छ ।। लेखक: मिलन चुडाल परिकल्पना: यूनिक क्षेत्री