Thursday, July 21, 2016

धर्म अफिम हैन अमृत हो नेता ज्यू ।


देशका केहि चर्चित नेताहरु धर्मलाई आफिमको संज्ञा दिदै देशलाई धर्म निरपेक्ष बनाउन प्रत्यक्ष वा परोक्ष भुमिका खेल्दा आम नेपाली जनताको भावनामा खेलवाड़ मात्र भएन धार्मिक आस्था माथी धारिलो हतियार प्रहार गरी हत्या गर्ने कोशिस नै गरियो । हामी सनातन धर्मालम्बीहरुका एतिहासिक धरोहर भत्काउने प्रयास मात्र भएन नेपाली पहिचान नै मेटाउने षणयन्त्र स्वरूप केहि मेशिनरी सस्थाहरुलाइ जबरजस्ती र लोभ लालच दे स खाएर धर्म परिवर्तन गर्न एक प्रकारको सरकारी अनुमति पत्र नै बन्यो धर्म निरपेक्ष । एकातर्फ लोकतन्त्र र गणतन्त्रको पाठ पढाएर आम जनमानसमा भ्रमरुपी झ्याली पिट्ने काम भयो । भने अर्को तर्फ तानाशाह र अधिनायकवाद जबरजस्ती लागू गरियो । तानाशाह र अधिनायकवाद यस अर्थमा भनिएको हो लोकतान्त्रिक मूल्य र मान्यता बिपरीत जनताको प्रत्यक्ष साशनमा जनताको कुनै आवाज सुनिएन नेपालका रैथाने ९४% ओमकार परिवारको आवाज लाई जबरजस्ती दबाउने काम गरियो नत्र जनताले कहिले आवाज उठाएनन संबिधानको मस्यौदा माथिको सुझाव सङ्कलन देखि संबिधान जारी हुने दिन सम्म आन्दोलनरत सनातन धर्मालम्बीहरुको भावना र आवाजलाई सुन्न चाहेनन हाम्रा प्रतिनिधि वा सुनेर नसुने जस्तो गरियो ।। धर्म अफिम भन्ने अपराधिक मानसिकता यो देशका नेताहरु जसले धर्मलाई अफिम भन्दछन । धर्म मान्दिन भनेर आफूलाई नास्तिक घोषणा गर्ने हरु लेलीनवाद,माक्सवाद लाई बेद र गीता मानेर रातदिन पाठ गर्छन् । लेलिन र माओ हरु लाइ साक्षात भगवान मानेर हरेक ठाउँमा रातो टिका र माल्यार्पण ले नमन गर्छन् । हुन सक्छ ऊनीहरुको बौद्विक क्षमताले धर्मलाई अफिम वा बिष देखेको तर हजारौ बर्ष देखि धार्मिक आधारमा आफ्नो सामान्य जीवनयापन देखि बिशिस्ट कार्यहरु सफलता पूर्वक गर्दै आएका बैज्ञानिक,साधू सन्त वा प्राथाना र साधना बाट जीवनको अर्थ बुझेर र बुझाएर बुद्दत्व हासिल गरेर सिङ्गो बिश्वलाई ज्योति दिने महान ब्याक्तित्वहरु लाई के भन्छन ? जसले धर्मलाई अफिम भनिरहेको छ । उनीहरु जीवनभर झूट र भर्मको खेती गरेर सोझा साझा जनताको बर्तमान र भबिष्यमाथी खेलवाड गर्छन । धर्मको अर्थ धारण गर्ने भएकोले पनि उनीहरुले सत्य र उदारता लाई धारण गर्न नसक्नु र त्यसैले उनीहरुलाई धर्मको अर्थ नै थाहा भएन । त्यसैले आफ्नो अनुभव नै नभएको बिषयबस्तु मा बोल्नु र आक्षेप लगाउनु उपयुक्त हुदैन । धार्मिक हुन वा धर्म लाई बुझ्न आफूमा इमान्दारिता,नैतिकता,त्याग र तपस्या जस्ता गुणहरु हुनु अत्याबस्यक हुन्छ । तर नेपालको सन्दर्भमा राजनीति गर्ने ऊनिहरुमा यी सबैकुराहरु पतन भै सकेको छन । यी कुराहरु ऊनिहरुले पुनः धारण गर्न खोजे भने पनि निकै अप्ठेरो हुन्छ वा असम्भब रहन्छ । त्यसैलेपनी ऊनिहरु जस्ता नैतिकता हराएका हरुका लागी धर्म अफिम जस्तो लागेको मात्र हो । सबैलाई त्यहि भ्रम छरेर अर्को अपराध नगर्नु होला भन्दछौ हामी । मैले उनिहरुको हितको लागी भनेको छु । किनभने अपराधिहरु का लागी ढिलो चाडो सजाय हुन्छ नै । र यसको भागीदार ऊनिहरु ढिलो चाडो हुनु नै पर्छ । धर्म अमृत हो आज मेरो परिवार,मेरो समाज,मेरा आफन्त मेरो देश भन्ने भावनाको जग बसाउने धर्म नै हो । यदि मानिसमा पाप डर हुदैन्थ्यो भने समाज कति कुरूप र अपराधीक हुन्थेयो होला सोचौ त ? मानिस लाई समाज संग जोड्ने र नैतिकता सिकाउने देखि अधिकार र कर्तत्ववान बनाउने धर्म नै हो । धर्म द्वारा नै कर्म सिकाएको हुनाले आजको मानवजाति हरु एक अर्काको मर्म बुझ्ने र बुझाउने गर्दछन् । जून मानिस धार्मिक बाटोमा हिड्छन धार्मिक बाटोमा हिड्ने भनेर मैले आडम्बर र पाखंडिपन लाई ग्राहयता दिन खोजेको पक्कैपनि हैन । तर बास्तबिक धार्मिक बाटोमा लागेका मान्छेहरु जीवनलाई अमृतमय बनाउछन र स्वर्गको अनुभव गर्न सक्दछन । भने धर्म एउटा अमृत बनेर समाजमा बसेको पुष्टी गरीरहनु पर्दैन । यो आफैमा अमृत हो । जति सक्छौ सेवन गरेर र आत्मा देखि प्रमात्माको ज्ञान आर्जन गर्दै जीवन लाई सार्थक बनाउन सकिन्छ ।। लेखक: मिलन चुडाल परिकल्पना: यूनिक क्षेत्री

No comments:

Post a Comment