Saturday, July 30, 2016

हो हो म त्यही सामन्ती बाहुन क्षेत्रिको सन्तान नै हूँ ।।

अचेल नेपाली समाजमा अधिकतम चर्चा हुने बिषय वा शब्द जातीयता र संघीयता नै हुन जस्तो लाग्छ । त्यसमध्य बाट समानता प्रतिपादन हुनेमा हाम्रा केहि राजनीतिज्ञहरु बिस्वास गर्छन । भने अर्को तर्फ कसैले संघीयताको बिषयलाई कठोर तरिकाले बिरोध गरी रहेकापनी छन । संघीयता के हो ? यसबारे म त्यती बिज्ञ चाही छैन । तर संघीयताले समान प्रतिनिधित्व सुनिश्चित गर्ने भएकोले लोकतान्त्रिक पद्दतिको एउटा महत्वपूर्ण अङ्ग हो जस्तो चाही लाग्छ । तर हाम्रो जस्तो बहु भाषिक,बहु सांस्कृतिक र भौगोलिक असमानता भएको देशमा भने यसको प्रभाव सकरात्मक वा नकारात्मक हुन्छ । त्यस बारे अनबिज्ञ नै छू । तर अर्को कुरा जातीयता को विषयमा पिछडीएका जातीको उत्थान गर्नु पर्छ र सामाजिक बिभेद अन्त्य गर्नु पर्छ भन्नेमा मेरो स्पष्ट धारणा छ।। राज्यको हरेक क्षेत्रमा हरेक जाति,धर्म र बर्गको सामान प्रतिनिधित्व हुनै पर्छ । । तर त्यसको लागि कुनै निश्चित मापदण्ड बनाइनु पर्छ । नत्र आजको जस्तो प्रणालीले र सोचाईले चाही देशमा भोली अर्को क्रान्ति जन्माउने वा उब्जाउने निश्चित नै छ ।। पहाड़ियाहरू वा विशेषत बाहुन क्षेत्रीहरु सामन्तको सूचीमा राख्नु  नै गलत छ । उदारणको लागि म एउटा त्यस्तो पहाड़िया सामन्तवादी बाहुनको सन्तान हूँ । जसलाई पढाउन मेरो बुवाले जग्गा घितो मात्र राख्नु भएन लिलामपनी भयो र त्यही ऋणको बोझ खेप्न नसकेर मैले मेरो उज्वल भविष्यको सपना टूटाएर अरबको ५५℃ को गर्मीमा बेल्चा चलाउदै छु । भने मेरो साथी बिजय कुमार श्रेष्टका शोषित पीडित बुवा जसको करोडौको ब्यापार थियो उसले आरक्षणमा  नेपाल सरकारको जागीरे सम्म पाएको छ ।  यहानिर मैले मेरो साथीको जागीर वा उसको बुवाको करोडौको सम्पत्तिको डाहा गरेको हैन । यती मात्र भन्न खोजेको आरक्षण जातीय आधारमा हैन बर्गीय आधारमा हुनुपर्छ । जसले भोली समाजमा समानता ल्याउछ । लोप उन्मुख जातीको संरक्षणको लागी बिशेष समयन्त्र बनाइयोस । तर करोडौको सम्पत्तिको मालिक तराइको मरवाडी शोषित र उसको घरमा दिन रात भाडा माझेर स्कुल जादै  गरेको पहाड़को खड्का वा खनाल शोषक भन्ने धारणा र ब्याबस्थाको अन्त्य हुनु नै पर्छ ।। आर्थिक स्तर र सामाजिक न्यायको आधारमा ब्याबस्था गरिनु पर्छ ।

No comments:

Post a Comment